चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्यो तारिफ | Jana Aawaj News

चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्यो तारिफ

पढ्न लाग्ने समयः < 1 मिनेट
चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्यो तारिफ : Jana Aawaj News

काठमाडौं । आईसीसी क्रिकेट वल्ड कप लिग २ को त्रिकोणात्मक श्रुङ्खखलाको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ ।
खेलमा हार बेहोरेता पनि हाल रोहित पौडेलले लिएको क्याचको भने धेरै नै चर्चा भईरहेको छ । आईसीसीले समेत उक्त क्याचको तारिफ गरिरहेको छ ।

यता नेपाल, ओमान र अमेरिका भिडिरहेका छन् भने, लिगको ओमानविरुद्धको खेलमा रोहितले बाउन्ड्री लाइनमा उफ्रिँदै गरेको शानदार क्याचको चर्चा भएको हो ।
यस्तै खेलको २६ औँ ओभरको तेस्रो बलमा जतिन्दर सिंहले लङ अनतर्फ बललाई प्रहार गरेका थिए । सिंहको प्रहार सिधै छक्का हुने सबैले आशा गरेका थिए भने, रोहितले अद्भुत क्याच लिँदै सबैलाई छक्क पार्दै चर्चामा आएका छन् ।

रोहित कुद्दै बाउन्ड्री नजिक पुगेर हावामा उफ्रेर बल पक्रे र त्यसपछि एक हातले बललाई बाउन्ड्रीभित्र फालेर फेरि क्याच लिएका थिए । उनले १०७ रन बनाएका सिंहलाई आउट गर्न सफल भएका हुन् ।

+ posts