आईपीएलका बाँकी खेलहरु आजदेखि शुरु, चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स आज भिड्दै | Jana Aawaj News

आईपीएलका बाँकी खेलहरु आजदेखि शुरु, चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स आज भिड्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आईपीएलका बाँकी खेलहरु आजदेखि शुरु, चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स आज भिड्दै : Jana Aawaj News

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका बाँकी खेलहरु आजदेखि शुरु हुने भएको छ । भारतमा कोरोना महामारीका कारण स्थगित भएको खेलहरु यो सिजनमा युएई र ओमानमा आयोजना हुन लागेको बताइएको छ ।
आईपीएलका ३१ खेलहरु बाँकी रहेका छन् भने, फाइनल खेल १५ अक्टोबरमा हुने भएको छ ।

आज चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । आज हुने खेल नेपाली समय अनुसार पौने ८ बजे शुरु हुने बताइएको छ ।
यस्तै यसअघि पहिलो चरणको भेटमा मुम्बईले चेन्नाईलाई ४ विकेटले पराजित गर्न सफल भएको थियो । चेन्नाईले ७ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने मुम्बईले ७ खेलबाट ८ अंक जोड्दै आफूलाई चौथो स्थानमा राखेको छ ।
यता आईपीएल तालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको भने ८ खेलबाट १२ अंक रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न